३ सय ७६ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ, २७ असोज । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्रमा २ हजार ५ सय ३१ जनाको उम्मेदवारी परेकोमा १ सय १९ जनाको उम्मेदवारी फिर्ता भएको प्रारम्भिक विवरण बुधबार रातिसम्म प्राप्त भएको हो ।

प्रतिनिधिसभातर्फ अब २ हजार १ सय ८७ पुरुष तथा २ सय २५ महिला उम्मेदवार गरी २ हजार ४ सय १२ उम्मेदवार कायम भएको छ । यसैगरी, प्रदेशसभातर्फ प्रत्यक्षतर्फको ३ सय ३० सिटका लागि ३ हजार ४ सय ८१ जनाको उम्मेदवारी परेकोमा २ सय ५७ जनाले फिर्ता गरेको आयोगले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान