प्रतिनिधिसभातर्फ १४१ सिटमा एमालेको उम्मेदवारी: अरुको कति ?

काठमाडौँ, २७ असोज । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

आसन्न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ । केही सिटमा भने एमालेले साना दललाई सघाउन उम्मेदवारी दिएको छैन । डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) का उम्मेदवारलाई सघाउने गरी एमालेले उम्मेदवारी फिर्ता लिएको छ भने नवलपरासी–१ मा जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई सघाउने गरी एमालेले उम्मेदवारी नदिएको हो ।

उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४० उम्मेदवार कायम भएका छन् । राप्रपाले आसन्न निर्वाचनका लागि केही सिटमा नेकपा एमालेसँग तालमेल गरेको छ । बाँकी सिटमा भने राप्रपाले सबैसँग मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार कायम रहेको उल्लेख छ ।

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेसका ९१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डाअनुसार कांग्रेसले प्रतिनिधिसभातर्फका ९१ सिटमा आफ्ना उम्मेदवार खडा गरेको हो । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा कांग्रेसले ९१ स्थानमा उम्मेदवार खडा गरेको उल्लेख छ ।

प्रतिनिधिसभा अन्तर्गत जनता समाजवादी पार्टीले ७९ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ । लोसपा नेपालले भने ५१ सिटमा उम्मेदवारी दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जसपा नेपालले केही सिटमा एमालेसँग तालमेल गरेको छ ।अर्कोतिर लोसपा नेपालले भने सत्तारुढ गठबन्धनसँग तालमेल गरेर भागबण्डाका आधारमा उम्मेदवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना