६०० जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ, २६ असोज । प्रतिनिधि सभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् । यो उम्मेदवारी रद्द भएकाहरुको संख्या समेत हो । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभामा कुल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको छ । प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ ।

बुधबार दिँउसोसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेको निर्वाचन आयोगले त्यसपछि उनीहरुको अन्तिम नामावली प्रकाशित गरेर निर्वाचन चिह्न समेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान