भोलिसम्म बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने गठबन्धनको निर्णय

काठमाडौँ, २६ असोज । सत्तारुढ गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध  बागी उम्मेदवारी दिएकालाई भोलिसम्म उम्मेदवारी  फिर्ता गर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनअन्तर्गत  मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता गर्ने समय आजका लागि निर्धारण गरेको थियो । बुधवार बसेको गठबन्धनको बैठकले आयोगको निर्धारित समयभित्र पनि उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवारलाई भोलिसम्मको लागि समय दिएको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार भोलिसम्म स्वैच्छिक रूपमा बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुपर्ने छ । यदि बागी उम्मेदवारी फिर्ता नगरेमा आ आफ्नो पार्टीका बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान