उम्मेदवारी फिर्ता नलिएपछि जसपाका ७ नेता कारबाहीमा

वीरगञ्ज, २६ असोज । जनता समाजवादी पार्टीले पर्सामा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्य सहित ७ जनालाई कारबाही गरेको छ ।

केन्द्रीय सदस्य सदस्य करिमा बेगम, नेताहरुमा प्रदेश समिति सदस्य जन्नत अन्सारी, प्रदेश परिषद सदस्य शिवकुमार साह, प्रदेश सदस्य गौरिशंकर साह, युवा नेताहरु मुकेश कुमार द्विवेदी, रुपेशमान सिंह र प्रमोद जयसवाललाई पार्टीबाट निस्कासन गरिएको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

उनीहरुले एमाले–जसपा गठबन्धनको निर्णय विपरीत पर्साका विभिन्न निर्वाचन क्षेत्रमा अर्को पार्टीबाट तथा स्वतन्त्र तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । पार्टीको साधारण सदस्य समेत नरहने गरी उनीहरुलाई कारबाही गरिएको अध्यक्ष यादवले बताए । वेगमले पर्सा क्षेत्र नं २ (ख), अन्सारीले क्षेत्र नं १ (क), द्विवेदी र सिंहले पनि क्षेत्र नं २ (ख), जयसवालले क्षेत्र नं ३ (क) बाट उमेदवारी दिएका छन् । नेपाल सुशासन पार्टीमा गई शिवकुमार र गौरिशंकर साहले क्रमशः क्षेत्र नं ३ (क) र ३ (ख) बाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान