फिल्म ‘भगवत् गीता’विरुद्ध सेन्सर र विकास बोर्डमा उजुरी

काठमाडौँ, २६ असोज  । झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’विरुद्ध सेन्सर र विकास बोर्डमा उजुरी परेको छ ।

हालै सार्वजनिक भएको फिल्मको टिजर र फिल्मको कथावस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हिन्दू जागरण नेपालले सेन्सर बोर्ड र चलचित्र विकास बोर्डमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

संस्थाले मंगलबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई ‘चलचित्रले धार्मिक क्षेत्रलाई आहत पुर्‍याएको’ भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबारै सेन्सर बोर्डमा समेत पत्र बुझाइएको छ । संस्थाका अध्यक्ष रामकृष्ण उपाध्यायका अनुसार फिल्म ‘भगवत् गीता’को कथावस्तुमा अन्तरजातीइ विवाहसहितका विषय उल्लेख भएकाले त्यसलाई सच्याउन आग्रहसहित पत्र बुझाइएको हो ।

‘गीतामा अन्तरजातीय र विजातीय भन्ने कुरा छैन । महाभारतमा अर्जुनलाई भगवान कृष्णले दिएको उपदेश यसमा छ,’ उपाध्यायले भने, ‘गीता भन्ने बित्तिकै एउटा इमेज बन्छ । त्यो इमेजलाई आहत पार्ने काम फिल्मले गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना