प्रभु साहले गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरे : महासचिव पोखरेल

काठमाडौँ, २६ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिनुमा सत्ता गठबन्धनसँगको साँठगाँठको षडयन्त्र भएको बताएका छन् ।

महासचिव पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमति पश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नुभो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो ।’ ‘राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साठगाँठ नै हो’ ‘रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा९एमाले० र जसपा बीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।’

रौतहटका जनताले षडयन्त्रलाई राम्ररी बुझेको भन्दै उनले एमाले–जसपाबीचको तालमेल सफल बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना