लक्ष्मण थारुको उम्मेदवारी रद्द

काठमाडौँ, २६ असोज । कैलाली ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।​

नाबालक सहित राष्ट्र सेवाका कर्मचारीको ज्यान जाने गरी भएको टिकापुर घटनामा दोषी ठहर भएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै धनगढी–१५ का रामबहादुर सिंहले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा लक्ष्मण चौधरी विरुद्ध उजुरी दिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरीको जवाफ मागेपछि लक्ष्मण थारुले जवाफ दिएका थिए । उनको जवाफ वारिस्नामा मार्फत बुंदिलाल चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेका थिए ।

थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पुरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ । मुख्य निर्वाचन अधिकृत आमप्रसाद अर्यालले गरेको निर्णयमा भनिएको छ, ‘२०७७ कात्तिक १९ गते उच्च अदालत दिपायलले गरेको फैसला अनुसार लक्ष्मण थारुले अझै २१ वर्ष कैद भुक्तान गर्नुपर्ने देखियो, निजले सर्वोच्च अदालतमा पुनरावेदन गरेको भए पनि उनी अदालतमै उपस्थित नभएका कारण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को दफा ३१९६० बमोजिम उनको उम्मेदवारी खारेज गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना