दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने: उम्मेदवारलाई चुनाव चिह्न आजै

काठमाडौँ, २६ असोज । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ ।  अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष