एमालेले आगामी निर्वाचनमा डिस्टिङ्सन ल्याउँछ: नेता बस्नेत

भक्तपुर, २५ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले एमालेको आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा डिस्टिङ्सन ल्याउने दावी गर्नुभएको छ ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ८ निर्वाचन परिचालन कार्यक्रममा बोल्दै नेता बस्नेतले भन्नुभयो, ‘डिस्टिङ्सन ल्याउँछु भन्ने विद्यार्थीले जम्मा ५० प्रतिशत मात्र उत्तर लेख्यो भने ल्याउन सक्छ ? माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पार्टी कांग्रेस र दोस्रो पार्टी माओवादी हुन्छ भनिरहँदा कांग्रेसले जम्मा उम्मेदवार नै ५० प्रतिशतमा मात्र उठाएको छ । जित्ने कतिमा हो ? अनि कसरी डिस्टिङ्सन ल्याउँछ ? ५० प्रतिशतमा मात्र उठ्नेले एमालेलाई जित्छु भनेर फुर्ति लगाउँदा हुन्छ ? माओवादी त जम्मा ४४ सिटमा मात्र लडेको छ । माधव नेपालको पार्टीले १९ सिटमा सिमित भएको छ । एमालेले त उम्मेदवारमा ९० प्रतिशत प्रश्नको उत्तर एटेम्प्ट गरेको छ । त्यसैले डिस्टिङ्सन ल्याउने व्यापक सम्भावना रहेको छ ।’

उहाँले एमालेको लागि सवैभन्दा सुरक्षित स्थान नै भक्तपुर भएको दावी गर्नुभयो । जिल्लाको प्रदेशसभा अन्तरगत क्षेत्र नं. २ ‘क’ सूयविनायक क्षेत्रमा करिव विजयको घोषणा हुनको लागि मात्र मंसिर ४ गतेको निर्वाचन पर्खनु परेको बताउनुभयो । उक्त क्षेत्रमा एमालेको तर्फबाट शालिन नेता किरण थापालाई उठाई जनताको दाजु भाई किरण थापा अब मंसिर ४ गते पछि माननीय किरण थापा भएर जनताको सेवा गर्नुहुने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले एमालेको लागि सवैभन्दा सुरक्षित क्षेत्र नै सूर्यविनायक हो । किरण थापाको क्षेत्र हो । अहिले उम्मेदवारको रुपमा किरण थापा जनताको दाजु भाई हो अब मंसिर ४ गते पछि किरण थापा जनमतबाट अत्याधिक मत प्राप्त गरी माननीय भएर जनताको सेवामा समर्पित हुनुहुनेछ ।’

विगतमा एमालेले गरेको काम र एमालेको विरुद्धका पार्टीहरुले भक्तपुरमा गरेको विकासले नै निर्वाचनको नतिजालाई तस्विर झैं देखाईरहेको उल्लेख गर्दै उहाँले एमालेको नेतृत्वमा भएको विकास निर्माणको आँधीवेरीले भक्तपुरका टोलपिच्छे सडक, खानेपानी, शिक्षा, स्थास्थ्य, ढललगायतका क्षेत्रहरुमा भएको परिवर्तनले नै एमालेले ऐतिहासिक मतका साथ विजयी हासिल गर्ने स्पष्ट पार्नुभयो । कांग्रेस नातावाद, कृपावादमा सिमित रहेको उल्लेख गर्दै कांग्रेसी नेताहरुले नै एमालेलाई भोट दिने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उहाँले गठबन्धनसँग कुनै राजनीतिक, विकास, सुशासन, सैद्धान्तिकलगायका कुनै पनि एजेण्डा नभएको बताउनुभयो ।

नेपालको हराएको जमिनलाई चुच्चे नक्सा जारी गर्दै राष्ट्रियताको पक्षमा एमाले मात्र रहेको उल्लेख गर्दै गठबन्धन भनेको नेपाललाई नागरिकता, एमसीसी, एसपीपीलगायतका सम्झौताहरु गरी सिक्कीमिकरण तथा फिजिकरणमा लागेको आरोप लगाउनुभयो । जनताले रुख हेरेर हैन, मुख हेरेर भोट हाल्ने जनताको प्रतिवद्धता रहेको जानकारी गराउँदै उहाँले नेपालको विकास र समृद्धिको साथमा राष्ट्रियताको पक्षमा एमालेको विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा हाम्रो प्रतिष्पर्धी पार्टीहरुले भक्तपुरको विकास र समृद्धि विरुद्धमा खेलेको भूमिका र एमालेले राष्ट्रिय रुपमा विकास र समृद्धिको पक्षमा आँधिवेरी सिर्जना गरेको जनताले बुझ्नुभएको छ । गुमेको नेपालको भूमि समेटेर चुच्चे नक्सा जारी गरेको छ । त्यसलाई एमालेले फिर्ता ल्याउने छ । औद्योगिक, हवाईमार्ग, जलमार्ग, सभागृह, रानीपोखरी, मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा आएको लगायतका पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग, मदनभण्डारी मार्ग द्रुत गतिवमा बने । भक्तपुरमा मात्र हेर्ने हो भने पनि प्रत्येक टोल टोलमा सडक, बक्ति, ढल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका विकास भएको छ । शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले अहिलेसम्म भक्तपुरमा कति बजेट आयो ? जनतालाई उत्तर दिने गठबन्धनका दलमा छैन ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, एमाले क्षेत्र नं. २ प्रदेश ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार किरण थापालगायतले भक्तपुरमा आगामी दिनमा एमालेको नेतृत्वमा हुने विकास र समृद्धि तथा एमालेको निर्वाचन केन्द्रीत रणनीतिको बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष