पहिरोले पुरिँदा चार बालबालिकाको मृत्यु, पाँच घाइते

हुम्ला, २५ असोज । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । 

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो एकिन विवरण आइसकेको छैन ।  

घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन पैदल हिँड्नुपर्छ । स्थानीय शाहीका अनुसार घाइते पाँच जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान