निर्वाचनको संघारमा भक्तपुर कांग्रेसमा गयो भुकम्प : दर्जनौं नेता एमालेमा प्रवेश

भक्तपुर, २५ असोज । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुर कांग्रेसमा भुकम्प गएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय निर्माण व्यवसायी समन्वय विभाग सदस्य राम शरण देउजा, पूर्व राप्रपा जिल्ला सदस्य दिपक राना मगर, कांग्रेस २०४९ सालको सिपाडोल गाविसका उपाध्यक्ष दामोदर भट्टराई, २०७४/०७९ मा नेका दलित सदस्यबाट उठ्नु भएकी नानु नेपाली, नेकपा एसबाट पुरानो घर फर्किनु भएका अर्जुन बस्नेत, उध्दब चौलागाई लगायत प्रवेश गर्ने २५ जना एमालेमा प्रवेश गर्नुभएको छ । यो सँगै आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनलाई पराजित गर्न एमालेलाई सहज बनेको छ । आगामी निर्वाचनमा तेब्बर भन्दा बढी मतले विजयी हुने दावी गर्नुभएका नेकपा एमालेको पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री तथा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतको विशेष पहलमा उहाँहरु आज एमालेमा प्रवेश गर्नुभयो ।

आज बालकोटमा आयोजित एक कार्यक्रमका बिच एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला र पूर्वमन्त्री नेता बस्नेतको हातबाट टिका लगाई उहाँहरु एमाले प्रवेश गर्नुभयो । पार्टी प्रवेश गर्दै उहाँहरुले नेपालको राष्ट्रियताको नेतृतत्वकर्ता पार्टी भनेकै एमालेमात्र रहेको उल्लेख गर्दै भक्तपुरमा एमालेको नेतृत्वमा नेता बस्नेतले विकास र समृद्धिमा खेल्नुभएको भूमि ऐतिहासिक भएकाले अबका दिनमा नेता बस्नेतको मिसन, भिजन र दृढतालाई सफल बनाउन जस्तोसुकै परिस्थितीको सामाना गर्दै एमालेमा गोलबन्द भएको उल्लेख गर्नुभयो ।

नवप्रवेशीलाई अध्यक्ष ओली तथा नेता बस्नेतले स्वागत तथा राजनीतिक जीवन सफलताको शुभकामना व्यक्त गर्नुभयो । योग्यता र क्षमताको आधारमा पार्टीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिई एमालेलाई थप दरविलो र परिस्कृत बनाउन पार्टी तथा मुलुक निर्माणमा लगाउने प्रतिवद्धता उहाँहरुले जनाउनुभयो । कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिका प्रमुख बाशुदेव थापा, एमाले भक्तपुर क्षे नं. २ ‘क’ का प्रदेश सभाका उम्मेदवार किरण थापालगायतका एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान