‘लुटेरा’को साथबाट १४३ तोला सुन बरामद

फुङ्लिङ, २५ असोज । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन ‘लुटेरा’को साथबाट ६ लाख १३ हजार ३४० रुपैयाँ र १४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङस्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही असोज १७ गते नगद तथा सुन लुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले  लुटपाटमा संलग्न चार आरोपीमध्ये तीनजनालाई सोमबार राति पक्राउ गरिएको र  उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिए । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भनिने राजायन्द्र पर्तेल, झापाको शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन् । फरार रहेका एकजनाको खोजी जारी रहेको प्रनाउ राईले जानकारी दिए ।

प्रहरीले नगद र सुनका गरगहनाबाहेक एकथान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएका सामान (डोरी, कैचीलगायत सामग्री) बरामद गरेको छ । मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा ११ लाख ६३ हजार २५० रुपैयाँ लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी, हाल सुनको बजार भाउअनुसार तीन करोड ३९ लाख ९९ हजार ६०० रुपैयाँबराबरको ३४८ तोला सुन लुटपाट भएको जनाएका छन् ।पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए/नभएको बारे कागजात अनुसन्धान गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए । उनले भने, “सुन कारोबार (जाकट) इजाजत छ वा छैन, कागजात मागेका छौँ, अनुसन्धान हुन्छ ।”

आरोपितले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौंस्थित ग्रान्डी अस्पतालनजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपितविरुद्ध अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान