जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही, २५ असोज । सर्लाहीको हरिवन नगरपालिका–४, लखन्देही पुलनजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

सोमबार साँझ करिब सवा ६ बजे प्रदेश २–०३–००१ च १९२४ नम्बरको जीपले ज५प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधन र जीप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान