विप्लव नेकपाको नवौं महाधिवेशनको उद्घाटन आज

काठमाडौँ, २५ असोज । मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ । 

काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो । सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन् । दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ । सो महाधिवेशनमा कति प्रतिनिधि रहनेछन् ? त्यो भने खुलाइएको छैन । 

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए । तीन बर्ष अघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि विभाजन भएपछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनबारे धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान