मोटरसाइकल चोरेको आरोपमा दुईजना पक्राउ

रौतहटक, २४ असोज । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले रौतहटको फतुवा बिजयपुर नगरपालिका–४ बाट दुईजनालाई पक्राउ गरेको छ । 

बाराको करैयामाई गाउँपालिका–८ स्थित नरही टोलबाट प्रदेश–२–०३–००८ प १४१४ नम्बरको मोटरसाइकल चोरेको आरोपमा दुईजना आरोपी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा फतुवा बिजयपुर नगरपालिका–५ घर भएका १९ वर्षीय रामनारायण राय यादव र २१ वर्षीय अजय राम छन् । असोज २२ मा मध्यराति मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडासँगको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको हो  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका