विजय गच्छदारको उमेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ, २४ असोज । कांग्रेस उमेदवार विजयकुमार गच्छदारको उमेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

काठमाडौँ ७ का विवेक अधिकारीले उनीविरुद्ध उजुरी दिएका हुन् ।  “सुनसरी क्षेत्र नम्बर ३ आफैंमा संवेदनशील निर्वाचन क्षेत्र हो । यो क्षेत्रलाई नेपालको सबैभन्दा महंगो निर्वाचन क्षेत्रसमेत भनिन्छ । निज गच्छदारले २०४८ सालदेखि पटकपटक त्यस क्षेत्रबाट निर्वाचित हुँदा राज्य शक्ति, पद र पैसादको व्यापक दुरुपयोग गर्दै, जनतालाई धम्क्याउँदै, डरत्रास र प्रलोभन देखाएर निर्वाचन जितेको, मतदान र मतगणनामा व्यापक धाँधलीसमेत गरेको भन्दै सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन अवस्थामा रहेको छ । यस विषयले पनि निज गच्छदारको उमेदवारी खारेज हुनुपर्छ । निजमाथि लागेको आरोप फैसला नहुन्जेल निर्वाचनमा भाग लिन रोक लगाइयोस् । गच्छदारमात्रै होइन, भ्रष्टाचार, फौजदारी अभियोगलगायत जति पनि अभियोग लागेकाहरुलाई निर्वाचनमा लड्न बन्देज लगाइयोस्,” निवेदनमा भनिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान