कारले ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ, २४ असोज । कारको ठक्करबाट दाङको घोराहीमा एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं १० चारबगियाकी ७५बर्षीया कुँवारी उपाध्यायको बा २५८० च नम्बरको कारको ठक्करबाट मृत्यु भएको हो । गम्भीर घाइते उपाध्यायलाई घोराहीस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दाङको  हापुरदेखि नारायणपुर तर्फ आउँदै गरेको उक्त कारले पैदल हिडिरही उपाध्यायलाई ठक्कर दिएको थियो । चालक र कार प्रहरी नियन्त्रणमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान