निर्वाचन निष्पक्ष र भयरहित हुन्छ : मन्त्री कार्की

इनरुवा, २४ असोज । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताएका छन् । 

मन्त्री कार्कीले आज सञ्चारकर्मीसँग आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, सुशासन, शान्ति स्थायित्य र आर्थिक स्थिरता कामय हुने  बताए । अबको सरकारले देशबाट बेरोजगारी र गरिबी अन्त्यका लागि काम गर्ने बताए । संविधानको रक्षा गरी आन्तरिक एकतालाई मजबुत पार्ने काममा सरकार लागिपरेको उनले बताए । 

आफू निर्वाचित भएको यस क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउने काममा लागेको र अब फेरि पनि त्यसलाई पूर्ण सार्थक पार्नका लागि काम गर्ने योजना रहेको मन्त्री कार्कीले बताए । आफू भाषणमा मात्रै नभई दस्तावेजसहित यथार्थमा काम गर्ने र राष्ट्रिय हित र जनताको मन जित्ने काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान