प्रतिनिधिसभामा भिड्ने महिलातर्फ एमालेका धेरै

काठमाडौँ, २४ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा अवसर दिँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने पाँच जनालाई मात्रै टिकट दिएको छ । त्यस्तै, सरकारमै रहेको अर्को दल माओवादी केन्द्रले ६ जनालाई चुनावी मैदानमा उतारेको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा ५ जना मात्रै महिलालाई मात्रै अवसर दिएको हो । कांग्रेसले देशभरका ७ वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा एक–दुई जना गरेर महिलाको सहभागिता गराएको भए पनि ३ वटा प्रदेशमा भने एक जना पनि महिलालाई चुनावी मैदानमा खटाएन । कांग्रेसले एउटा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा सीता गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै, मोरङ क्षेत्र नम्बर–२ बाट सुजाता कोइरालालाई मैदानमा उतारेको छ ।

यस्तै, मधेस प्रदेशका १५ वटा निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्रमा मात्रै महिलाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट सिरहा क्षेत्र नम्बर–२ मा पूर्वउपसभामुख चित्रलेखा यादवको उम्मेदवारी दर्ता गराएको हो । बाग्मती प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनबाटै नेपाली कांग्रेसका साझा उम्मेदवार उठाउँदा एक जना महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ । मकवानपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै, अर्घाखाँचीबाट पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष