पहिरोमा परेर घाइते भएकालाई हेलिकप्टरबाट उद्धार

गोरखा, २४ असोज । उत्तरी गोरखामा पहिरोमा परेर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सुर्खेत घर भएका ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको हो । वर्षाले गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा पहिरो झरेको थियो। उक्त पहिरोमा परेर घाइते भएका उनलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको हो ।

उनलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४