पाँच देशसँगको श्रम सम्झौतालाई परिमार्जन गर्ने तयारी

काठमाडौँ, २४ असोज । सरकारले साउदी अरब र सेसेल्ससँग नयाँ सम्झौता गर्नुका साथै यूएई, मलेसिया र कतारसँग विगतमा भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तयारी गरेको छ। सरकारले आधा दर्जन नयाँ तथा पुराना श्रम गन्तव्य देशसँग यसअघि भएका श्रम सम्झौतालाई नयाँ परिवेशअनुसार परिमार्जन गर्ने तयारी भएको हो।

यसअघि सम्झौता गरिएका र नयाँ सबै मुलुकसँग गरिने सम्झौतामा शून्य लागतलाई प्राथमिकतामा राखी नेपालले मस्यौदा तयार गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालको समीक्षा गर्दै साउदी अरब र सेसेल्स, यूएई, मलेसिया र कतारसँग श्रम सम्झौता गरिने बताए । नेपालले यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता संशोधन गरे नयाँ परिवेश अनुसार गर्ने तयारी गरेको छ । यसमध्ये पनि साउदी अरब र सेसेल्ससँग भने नेपालले नयाँ श्रम सम्झौता गर्ने भएकाले कतिपय विषयमा चरणबद्ध  छलफल हुन सक्ने मन्त्रालयले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष