झापा, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
उनी आफैं उपस्थित भएर आज दिउँसो झापा क्षेत्र नं. ५ का लागि मनोनय दर्ता गराएका हुन् । यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ ।