पूर्वमन्त्री बस्नेतसहित थापा र श्रेष्ठद्वारा मनोनयन दर्ता

भक्तपुर, २३ असोज । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनको लागि नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मनोनयन दर्ता गरानुभएको छ । नेता बस्नेतको प्रस्थावकमा जिल्ला अध्यक्ष वचन देउजा र समर्थकमा जिल्ला उपाध्यक्ष बाशुदेब थापा रहनुभएको छ ।

आज नेता बस्नेतले जिल्लाको मध्यपुर थिमी नगरपालिका बोडे स्थित कृषी विकास तालिम केन्द्रमा रहेको क्षेत्र नं. २ निर्वाचन कार्यालयमा पुगी प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गराउनुभएको हो । एमालेलाई जिल्लाको क्षेत्र नं. २ बाट ऐतिहासिक जीत निकाल्न उहाँको सारथीको रुपमा प्रदेश ‘क’ सूर्यविनायकबाट किरण थापा र ‘ख’ मध्यपुर थिमीबाट चन्दन कृष्ण श्रेष्ठले मनोनयन दर्ता गराउनुभयो ।

मध्यपुर थिमी नगरपालिका वडा नं. ४ स्थित शंखधर चोकबाट हजारौं कार्यकर्ताको र्याली तथा बाजागाजा सहित नेता बस्नेतसहित थापा र श्रेष्ठले मनोनयन दर्ता गराउनुभयो । भक्तपुर जिल्लामा फेरि पनि ईतिहास रच्न र समृद्ध भक्तपुर, सुखी भक्तपुर बासी बनाउने अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै नेता बस्नेतले आगामी निर्वाचनमा विजय हुने विश्वास व्यक्त गर्नुभयो । जनताको अपार मायाँ र सद्भाव आफु र आफ्नो टीममा रहनुभएका प्रदेशका उम्मेदवारमा रहेको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वमा रहनुभएका एमालेका उम्मेदवारहरुले प्रदेशमा समेत तेव्बर मतले विजयी गर्ने दावी गर्नुभयो ।

भक्तपुरमा भएको विकास र समृद्धिको ईतिहासलाई संरक्षण गर्दै नयाँ मिसन, भिजन र दृढताका साथ ञसमृद्ध भक्तपुर स् सुखी भक्तपुर वासीझको सपनालाई विपनामा रूपान्तरण जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले भक्तपुरको स्वर्णिम युगको शुरूवात गर्ने महत्वपूर्ण जिम्मेवारी लिएर मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनमा होमिएको बताउनुभयो । विजयको लागि प्रकृया पुरा गर्न मात्र निर्वाचन पर्खनु परेको उल्लेख गर्दै उहाँले आफु निर्वाचत भएसँगै जिल्लामा एमालेको नेतृत्वमा भइरहेका चालु आयोजनाहरुलाई सम्पन्न गराउने, औद्योगिकरण र रोजगारी वातावरण सिर्जना गर्दै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ का लागि प्रतिनिधिसभाका तर्फ नवराज गेलाल तथा प्रदेश सभा तर्फ चाँगुनारायण ‘क’ मा मोहनवीर श्रेष्ठ र भक्तपुर ‘ख’मा नारायण सुन्दर सिन्तकलाले भक्तपुर जिल्ला समन्वय समितिसँगै स्थापना गरिएको क्षेत्रीय निर्वाचन कार्यालयमा पुगी मनोनयन दर्ता गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, मदन सुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष बाशुदेब थापा, सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान