मकवानपुर १ मा अध्यक्ष थापालाई एमालेले सघाउने

काठमाडौँ, २३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभाको निर्वाचनमा एमालेले सघाउने भएको छ। 

राप्रपा नेपालका अध्यक्ष थापा र एमाले अध्यक्ष केपी ओलीबीचको सहमतिपछि थापालाई एमालेले सघाउने भएको हो । थापाले एमालेले आफुप्रति सद्धभाव र सहयोग देखाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

थापाले सामाजिक संजालमा भनेका छन्, ‘नेकपा(एमाले)को सहयोगमा मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १बाट उमेदवार हुँदैछु।सद्भाव र सहकार्यको लागि नेकपा (एमाले)लाई धन्यवाद । राष्ट्रियताको संरक्षण,लोकतन्त्रको सुदृढीकरण,सुशासन र आर्थिक समृद्धिको निम्ति ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान