काठमाडौँ, २३ असोज । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका दुवै गठबन्धनमा आन्तरिक कलह चुलिँदै गएको छ ।
चुनावी तालमेलको सहमति गरेका दलहरूबीच सिट बाँडफाँटमा सहमति गरेका दलहरूबीच सिट बाँडफाँटमा सहमति भए पनि पार्टीभित्र टिकट वितरणमा आन्तरिक असहमति बढेको हो । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता पक्षीय गठबन्धन दलहरूमा आन्तरिक भागबण्डाको किचलो अझैं साम्य भएको छैन् ।
गठबन्धनका प्रमुख दल कांग्रेसभित्र संस्थापन र संस्थापन इतरबीच व्यापक अन्तरविरोध अझै कायमै रहेको नेताहरूले बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।