कांग्रेसमा जुट्यो सहमति

काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको छ ।

कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो । कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो । कोइराला पक्षका दोस्रो र तेस्रो तहका नेताहरूले समानुपातिक बन्दसूची सच्याउन माग गर्दै खबरदारी भेला, बैठक र धर्नासम्म गरेका थिए ।

सभापति शेरबहादुर देउवाले कोइराला पक्षको असन्तुष्टिलाई सम्बोधन गर्न ३ दिन पदाधिकारी बैठक राखेर सहमतिको प्रयास गरेका थिए । शनिबार बिहानदेखि आइतबार बिहानसम्म बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले सहमति जुटाएको हो । समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा कोइराला पक्षलाई दिएपछि देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको दुईवटा स्वायत्त क्षेत्र समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।  शनिबार

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३