एजेन्सी, १६ असोज । इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिँदा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ ।
हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको अधिकारीहरूले बताएका छन् । पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो ।
भिडियोमा अन्तिम सिट्टीलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ । त्यसलगत्तै प्रहरीले टियर ग्यास प्रहार गरेको र यसले गर्दा भागदौड मच्चिएको प्रहरी प्रमुख निको अफिन्ताले बताए । पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो ।