नवरात्रको आज छौटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, १५ असोज । नवरात्रको छैटौँ दिन आज नवदुर्गा मध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा अनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको हो ।

पुराणअनुसार कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै कात्यायन ऋषिद्वारा पूजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ ।

चार हातमध्ये दुई हातमा तरबार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।