काठमाडौँ, १४ असोज । पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ ।
गठबन्धनमा केही क्षेत्रमा भएको सिट बाँडफाँटको समाचार बाहिर आएपछि जसपाका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयंले बिहीबार धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘गठबन्धनमा मधेसी, आदिवासी जनजातिको सम्मानजनक सम्बोधन गरिएन भने जसपा एक्लै पनि चुनाव लड्न सक्षम छ ।’