कुमारी बैंकले साढे १२ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ, १४ असोज । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । १४ असोज शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांशमा लाग्ने कर समेत हुने गरी उक्त लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ । बैंकले बोसन सेयर भने प्रस्ताव नगरेको जनाएको छ ।

हाल कायम चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत नगद लाभांश बाँड्ने बैंकले साधारणसभाको मिति भने तय नभएको जनाएको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसाभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन्

काठमाडौँ, २१ मंसिर । निजी भ्रमणको सिलसिलामा काठमाडौँ आएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भुनाथ पुगेर पूजा गरेका छन्

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण थालेको डेढ दशक भयो । कहिले पूरा हुने हो,

काठमाडौँ, २१ मंसिर । नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १०