सडक प्रगति निराशाजनक : ६ वटै लक्ष्य पूरा गर्न विभाग असफल

काठमाडौँ, १४ असोज । सडक विभागद्वारा गत आर्थिक वर्षमा तय ६ वटामध्ये कुनै पनि लक्ष्य पूरा नभएको पाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा विभागले ६ वटा लक्ष्य राखेको थियो । ढिलासुस्ती, कमजोर तथा देखावटी अनुगमन तथा कोभिडलगायत कारण पनि ती सबै पूरा हुन नसकेको विभागको प्रस्टोक्ति छ । गत आवमा कुल १ हजार ८ सय किलोमिटर नयाँ सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा जम्मा ६ सय १८ किलोमिटर मात्र कालोपत्रे भएको छ । यो कुल लक्ष्यको ३४ प्रतिशत मात्र हो ।

त्यस्तै, गत आवमा कुल ३ सय पुल निर्माण गर्ने लक्ष्य राखेकोमा २ सय ८२ निर्माण सम्पन्न गरिएको छ । यसलाई विभागले आफ्नो उल्लेखनीय प्रगति मानेको छ । तर, आवधिक मर्मत कार्यप्रगति भने सन्तोषजनक देखिदैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।