निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य

काठमाडौँ, १४ असोज । बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको बुझाएको ६३ औँ प्रतिवेदनअनुसार एक वर्षमा स्याङ्जाका १२२ जना निजामती सेवामा प्रवेश गरेका छन् । निजामती सेवामा धेरै सङ्ख्यामा प्रवेश गर्ने दोस्रो जिल्ला काठमाडौँ रहेको छ । काठमाडौँका ११४ जना व्यक्ति निजामती सेवामा प्रवेश गरेका छन् । त्यस्तै तेस्रो, चौथो र पाँचौँ जिल्लामा क्रमशः गुल्मी, मोरङ र अर्घाखाँची छन् ।

ती जिल्लाबाट निजामती सेवामा प्रवेश गर्नेहरू क्रमशः १०५, ६९ र ६८ जना छन् । धनुषा, पर्वत, कास्की, दाङ, झापा र सुर्खेतबाट क्रमशः ६७, ६६, ६४, ६४, ६३ र ६१ जना निजामती सेवामा प्रवेश गरेका छन् । आयोगले आर्थिक वर्ष २०७८/७९ को अवधिमा तीन हजार ७२७ पदका लागि एक हजार ३९७ वटा विज्ञापन गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित