गठबन्धन दल सिट बाँडफाँट सहमति नजिक

काठमाडौँ, १४ असोज । सत्ता गठबन्धनमा रहेका दलहरू आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट सहमतिको नजिक पुगेका छन् ।

गठबन्धनबीच नेपाली कांग्रेसले ८६, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र लिनेगरी सहमति जुट्न लागेको हो ।

नौ वटा क्षेत्रमा कसले कुन लिने दिने भन्ने सहमति अझै जुट्न नसकेको कारण केही जिल्लामा कसले लिने भन्ने बारे अझै आधिकारिक निर्णय आइसकेको छैन । सिट बाँडफाँटका लागि गठित कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल स्रोतका अनुसार कांग्रेसले ८६ सिटमा सहमति जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित