अख्तियार इटहरीमा सबैभन्दा बढी उजुरी विराटनगर महानगरविरुद्ध

काठमाडौँ, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्ध परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विराटनगर महानगरपालिकाविरुद्ध ​ भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो । कुल उजुरीमध्ये ८ दशमलव ३३ प्रतिशत विराटनगर महानगरपालिकाको मात्रै रहेको छ ।

आयोगको ३२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाको हकमा भने सप्तरीमा सबैभन्दा बढी अनियमितता, भ्रष्टाचार हुने गरेको उजुरी परेको छ । प्रतिवेदनअनुसार कुल उजुरीमध्ये सप्तरीको मात्रै २२ प्रतिशत रहेको छ । यता, गाउँपालिकाको हकमा भने सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकाको उजुरी सबैभन्दा बढी छ । भोक्राहा–नरसिंहको ५ दशमलव १३ प्रतिशत उजुरी परेको प्रतिवेदनमा जनाइएको छ ।

अख्तियारको इटहरी कार्य क्षेत्रका जिल्लाबाट कुल २ हजार २४ वटा उजुरी परेको प्रतिवेदनमा जनाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट कुल १६ हजार २ सय ३८ वटा उजुरी प्राप्त भएको सूचना अधिकारी देवले जानकारी दिए । आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित कुल २४ हजार ३ सय ३१ वटा उजुरी रहेका थिए । उक्त उजुरीमध्ये ७० दशमलव ६ प्रतिशत फर्छ्यौट भएको जनाइएको छ । यस वर्ष १७ हजार १ सय ६९ वटा उजुरी फर्छ्यौट गरिएको छ भने फर्छ्यौट भएकामध्ये ८ सय २३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको जनाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।