काठमाडौँ, १३ असोज । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १२ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।