बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

काठमाडौँ, १२ असोज । तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको कोटेश्वर र नयाँ बसपार्कबाट पक्राउ गरि सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गोंगबुमा राखिएको छ । आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट आठ र नयाँ बसपार्कबाट आठजनालाई पक्राउ गरेको जनाइएको छ ।

चाडपर्वको समयमा यात्रीलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिनेजस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्दै आएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान गरी कानुनबमोजिम कारबाही गरिने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४