जीप दुर्घटना, ८ जनाको मृत्यु

सल्यान, १२ असोज । सल्यानको मुलपानीमा जीप दुर्घटना हुदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ । 

मध्यराति भएको दुर्घटनामा एक महिला र सात पुरूष रहेको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ । थप एक जना घाइतेलाई उपचारका लागि दाङ पठाइएको छ । हालसम्म मृतक कसैको पनि पहिचान हुन सकेको छैन ।

प्रहरी स्रोतका अनुसार उनीहरू नेपालगञ्जबाट बिहे भोज खाएर सल्यानस्थित घर फर्कदै थिए । प्रहरीका अनुसार उक्त जीपमा कुल ९ जना सवार थिए। त्यसमध्ये आठ जनाको घटानास्थलमै मृत्यु भइसकेको र एक जना घाइतेलाई उद्धार गरि दाङतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्रिगरेर सल्यानतर्फ हिँडेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा राति करिब सवा १ बजेतिर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको

काठमाडौँ, २८ माघ । नेपालमा सञ्चालनमा रहेका गैरनाफामूलक संस्था (एनजीओ/आईएनजीओ) को कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन लागू हुने भएको छ ।

काठमाडौँ, २८ माघ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन

काठमाडौँ, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महशुस हुन थालेको बताएका छन्