शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ, ११ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ ।

आज नेप्से १५.९२ अंकले बढेर एक हजार ८ सय ३१ दशमलब ०५ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से २३.८३ अंकले घटेर एक हजार ८ सय १५ दशमलव १३ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, शेयरबजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा ६६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३०८.९० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज गरिमा डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ । यसको आज २ करोड ८५लाखभन्दा बढीको कारोबार भएको छ ।          

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री

काठमाडौँ, १० फागुन । पूर्व प्रदेश सभा सदस्य एवम् आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्

नेपालगञ्ज, १० फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दैन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई

काठमाडौँ, १० फागुन । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३