दक्षिण कोरियाको भ्रमण गर्दै कमला ह्यारिस

एजेन्सी, ११ असोज । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत  क्षेत्रको भ्रमण गर्ने भएकी छिन् ।  

हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ । 

ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा नि:शस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई ‘अन्तर्राष्ट्रिय शान्तिको सबैभन्दा खराब विनाशक’ भनी प्योङयाङले निन्दा गरेको थियो । -न्युज कारखानाबाट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ फागुन । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । यो

काठमाडौँ, १५ फागुन । उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल

एजेन्सी, १४ फागुन । अमेरिकाको वासिङ्टन डिसी स्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाह गरेका छन् । यो घटना आइतबार

गाजा, १३ फागुन । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले