शारीरिक रुपमा अशक्त युवतीमाथि बलात्कार गर्ने एकजना पक्राउ

मोरङ, ११ असोज । मोरङको लेटाङमा शारीरिक रूपमा अशक्त युवतीमाथि बलात्कार गर्ने एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राई पक्राउ परेका हुन् ।  पीडकले आफ्नै खेतमा रहेको टहरोमा लगेर ती युवतीलाई गत शनिबार राति बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार ती पीडित युवतीको दुवै खुट्टा चल्दैन । उनको बोली पनि छैन । परिवारले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।