सिङमा हरियो स्टिकर लगाएका मात्रै खरिद गर्न आग्रह

काठमाडौँ, ११ असोज । काठमाडौँ उपत्यकामा पशुसेवा विभागले विभिन्न १० ठाउँमा आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ ।दसैँमा उपभोक्ताको स्वास्थ्यमाधि असर पर्ने अस्वस्थ कर खसीबोका भित्रिन सक्ने हुनाले विभागले स्वास्थ्य परीक्षण गर्न लागेको जनाएको छ । 

बिरामी अस्वस्थकर खसीबोका भित्रिन सक्ने हुँदा विभिन्न १० ठाउँबाट स्वास्थ्य परीक्षण गरिन लागेको विभागले जनाएको छ । आजदेखि नवमीसम्म ५० जना पशु चिकित्सकको टोलीले विभिन्न ठाउँमा गएर खसीबोका स्वस्थ रहे नगरेको परीक्षण गर्नेछन् । कलंकी, चन्द्रागिरि, टुकुचा, टोखा, चाल्नाखेल, सल्लाघारी, बल्खु, लोकन्थलीलगायत ठाउँमा गएर पशु चिकित्सकले खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् । 

स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिंगमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने विभागले बताएको छ । खसीबोकाको सिङमा रातो स्टिकर लगाएको अस्वस्थकर हुने हुँदा उपभोक्तालाई खरिद नगर्न विभागले भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्वत, १६ फागुन । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन्

काठमाडौँ, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ

काठमाडौँ, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति