काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको आरोपका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । आज बिहान साढे ८ बजेका लागि तय गरिएको बैठक दिउँसो १ बजे सिंहदरबारमा बैठक सुरु हुने गरी सारिएको हो ।