काठमाडौँ, ३० भदौ । पर्यटन विभागले दर्ता नभई सञ्चालनमा रहेका पर्यटनसँग सम्बन्धित व्यवसाय दर्ता गराउन आग्रह गरेको छ ।
विभागले बुधबार ध्यानाकर्षणपत्र जारी गर्दै व्यवसाय सञ्चालनका लागि दर्ता गर्न आह्वान गरेको हो । पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसाय दर्ताबिना सञ्चालनमा रहेको पाइएकाले ध्यानाकर्षण गराइएको विभागका निर्देशक सूर्यप्रसाद उपध्यायले बताए ।
उनले भने, ‘हाल कतिको संख्यामा पर्यटन व्यवसाय गरिरहेका छन् वा गर्नको लागि निर्माणका क्रममा रहेका छन् भनेर विभागमा दर्ता गराएका छैनन् । त्यो पहिचान गर्न बाँकी छ । सञ्चालनमा रहेका पर्यटन व्यवसायलाई दर्ताको लागि आह्वान गरिएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।