कामपा सल्लाहकारमा श्रेष्ठ

काठमाडौँ, २९ भदौ । काठमाडौँ महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ ।

कामपाले मंगलबारको प्रमुखस्तरीय निर्णयबाट उनलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा काम गरिसकेका श्रेष्ठले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानवअधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन् ।

यस्तै, भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएको बताइएको छ । यस्तै, उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अरू दर्जन बढी शीर्षकमा तालिम लिएका छन् । उत्कृष्ट कार्यसम्पादनबापत उनले नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्रसंघले प्रदान गर्ने पदक पाएका छन् । विशेष सेवा पदकबाट सम्मानित भइसकेका छन् ।

श्रेष्ठको नियुक्तिसँगै कामपाले महानगरको ट्राफिक व्यवस्थापनका क्षेत्रमा थप सहयोग पुग्ने आशा गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट