काठमाडौँ, २९ भदौ । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।
विहान ९ बजे बस्ने बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको छ ।जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता नरहेको बताउँदै आएका छन् ।
गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाएका छन् । उनले आक्षेप लगाएका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने विषयमा पनि समितिको आजको बैठकले निर्णय लिने भएको छ ।