हतियार देखाएर लुटेको आरोपमा अटो चालक पक्राउ

चितवन, २८ भदौ । जिल्लाको भरतपुर महानगरपालिका–४ स्थित फनपार्क नजिक रहेको ‘नारायणी मनि ट्रान्सफर’मा भएको लुटमा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ मा दिउँसो सवा १ बजेतिर मनि ट्रान्सफरमा लुटपाट भएको थियो । 

लुटमा संलग्न नवलपरासी पूर्व घर भएर चितवन महानगरपालिका–१६ बस्ने ४२ वर्षीय मिनमान सुनारलाई पक्राउ गरिएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । लुटमा संलग्न आरोपी बा.प्र–०३–००१ ह १२६३ नम्बरको अटो चालक हुन् । 

फनपार्क नजिक रहेको पूर्ण शंकर गौतमको घरमा संचालित मनि ट्रान्सफरको कोठाभित्र गएर उनले धारिलो हतियार देखाएर २ लाख ४ हजार २५० रुपैयाँ डकैती गरेको एसपी अधिकारीले जानकारी दिए । सोमबार पक्राउ गरेर प्रहरीले उनीमाथि डाँकाचोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । लुटेको रकम उनको झोलाबाट १३ हजार र डेराबाट १ लाख ६७ हजार बरामद गरिएको छ । डकैती गरेपछि सुनारले लुट्न जाँदा लगाएको कपडा खोलामा फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताका नाममा कसैले पनि कारबाही गरे अस्वीकार्य हुने बताएका छन् । उनले

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका