डेङ्गुबाट मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौँ, २८ भदौ । नेपालमा डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या सात जनाको पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म देशभर डेङ्गु संक्रमित सात जनाको मृत्यु भएको छ भने नौ हजार ८३५ जनामा संक्रमण पुष्टि भएको छ ।

महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै ललितपुरमा तीन हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौँमा दुई हजार ४१४, मकवानपुरमा ६६३ तथा रुपन्देहीमा ५७० जनामा संक्रमण देखिएको छ । 

भक्तपुर, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवनमा गरी आठ हजार २४५ जनामा संक्रमण पुष्टि भएको छ । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा संक्रमित भेटिएका महाशाखाको तथ्यांक छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९