काठमाडौँ, २८ भदौ । नेपालमा डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या सात जनाको पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म देशभर डेङ्गु संक्रमित सात जनाको मृत्यु भएको छ भने नौ हजार ८३५ जनामा संक्रमण पुष्टि भएको छ ।
महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै ललितपुरमा तीन हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौँमा दुई हजार ४१४, मकवानपुरमा ६६३ तथा रुपन्देहीमा ५७० जनामा संक्रमण देखिएको छ ।
भक्तपुर, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवनमा गरी आठ हजार २४५ जनामा संक्रमण पुष्टि भएको छ । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा संक्रमित भेटिएका महाशाखाको तथ्यांक छ ।