मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २८ भदौ । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन ।

मन्त्रिपरिषद् बैठकका सार्वजनिक निर्णयहरु:

१. राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायव महानिरीक्षकमा हुत्तराज थाप बढुवा नियुक्ति ।

२. महालेखापरीक्षण टंकमणि शर्मा दंगाल नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च सन्तानहरूको २४ औँ महाधिवेशनमा सहभागिता जनाउन स्वीकृति दिने ।

३. बेरुजु फर्छ्यौट अनुगमन सचिवालयमा आर्थिक वर्ष ७९–८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत गर्ने ।

४. विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २२५ अमेरिकन डलर अर्थात करिब ३५ अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

५. महिला संरक्षण तथा उत्थान प्रणाली परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने वार्ता टोली गठन गर्ने ।

६. अमेरिकाको वाशिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।

७. ०७९ असोज ८ र ९ गते स्वीडेनको स्टकहोममा आयोजना कार्यक्रममा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको भ्रमण स्वकृति गर्ने ।

८. सामाजिक सुरक्षा दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।

९. नेपाल र रोमानियाबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वकृत प्रधान गर्ने ।

१०. चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणको अवसरमा वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने ।

११. पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिने ।

१२. इजरालको कार्यक्रममा सहभागी हुन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई स्वीकृत दिने ।

१३. मधेस प्रदेशमा चिडियाखाना बनाउन स्वीकृत दिने ।

१४. संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा