धनुषामा महिलाको शव फेला

जनकपुरधाम, २८ भदौ । धनुषामा एक महिलाको शव फेलापरेको छ ।

आज बिहान सहिदनगर नगरपालिका–३, यदुकूहामा २६ वर्षीया बबित्या दासको शव फेलापरेको हो । बाँसको झाडीमा हत्या गरी फालिएको अवस्थामा अरुण दासकी श्रीमती बबित्या देवीको शव फेलापारेको धनुषाका प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव अर्धनग्न अवस्थामा फेलापरेको थियो । यदुकूहाको बजारटोलमा इन्द्रजात्राका अवसरमा मेला लागेको थियो । उनी गएको आइतबार साँझ ६/७ बजेतिर मेला हेर्न घरबाट निस्केको बताइएको छ । मेला हेर्न गएकी उनी घर नफर्किएपछि परिवारले खोज्न सुरु गरेको थियो ।

मृतक महिलाकी तीन वर्षीया छोरी छिन् । उनको श्रीमान् अरुण चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्