धनुषामा महिलाको शव फेला

जनकपुरधाम, २८ भदौ । धनुषामा एक महिलाको शव फेलापरेको छ ।

आज बिहान सहिदनगर नगरपालिका–३, यदुकूहामा २६ वर्षीया बबित्या दासको शव फेलापरेको हो । बाँसको झाडीमा हत्या गरी फालिएको अवस्थामा अरुण दासकी श्रीमती बबित्या देवीको शव फेलापारेको धनुषाका प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव अर्धनग्न अवस्थामा फेलापरेको थियो । यदुकूहाको बजारटोलमा इन्द्रजात्राका अवसरमा मेला लागेको थियो । उनी गएको आइतबार साँझ ६/७ बजेतिर मेला हेर्न घरबाट निस्केको बताइएको छ । मेला हेर्न गएकी उनी घर नफर्किएपछि परिवारले खोज्न सुरु गरेको थियो ।

मृतक महिलाकी तीन वर्षीया छोरी छिन् । उनको श्रीमान् अरुण चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार